Nic Ad Nic Ad
Nic Ad Nic Ad

आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

शनिबार, मंसिर १५, २०८१

काठमाडौं - जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभरको मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  ०७:१८
प्रतिक्रिया दिनुहोस्