नेभिगेशन
खेलकुद

घरेलु स्टेडियममा भारत नमिठोसँग पछारियो, न्यूजिल्यान्डसँग ४६ रनमा अल आउट

काठमाडौं– न्यूजिल्यान्डविरुद्धको पहिलो टेस्टमा भारत जम्मा ४६ रनमा अल आउट भएको छ। विहीबार बेंगलुरुको एम चिन्नास्वामी स्टेडियममा पछारिएको भारतले घरेलु स्टेडियमा यति कम रन बनाएको पहिलो रेकर्ड हो। 

अघिल्लो दिनको दोस्रो दिन टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको भारतका कप्तान रोहित शर्मालाई टिम साउथीले क्लिन आउट गरेका थिए।
बिराट कोहली आठ बल खेल्दै शून्य रनमा आउट भए। 

भारतले दोस्रो सत्रको पहिलो बलमा सातौं ब्याट्सम्यान आर अश्विनलाई गुमाएको थियो। 

रोहित शर्माले एडिलेडमा २०२० बाट भारतको सबैभन्दा कम टेस्ट स्कोर ३६ पार गरे पनि घरेलु मैदानमा आजको खेल अति नै खराब थियो। 
कोहली, सरफराज खान, केएल राहुल, रविन्द्र जडेजा र आर अश्विन, पाँच ब्याट्सम्यानहरू शून्यमा झरेका थिए। 

यति कम स्कोर भारतले यसअघि अस्ट्रेलियाको एडीलेडमा घरेलु टिमसँग सन् २०२० मा बनाएको थियो। त्यसबेला भारत ३६ रनमा अल आउट भएको थियो।

त्यसअघि सन् १९७४ मा इङ्ल्यान्डसँग लन्डनमा ४२ रनमा अल आउट भएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद