नेभिगेशन
राजनीति

कांग्रेस केन्द्रीय सदस्य शिवाकोटीसहित पक्राउ सबै रिहा, यसकारण प्रहरी नियन्त्रणमा थिए

काठमाडौं– प्रहरीले मंगलबार पक्राउ गरेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीसहित आधा दर्जनलाई बुधबार रिहा गरेको छ। 

काठमाडौं जिल्ला प्रहरी परिसरकारका अनुसार शिवाकोटीसहित रुबी खान, लक्ष्मण श्रेष्ठ, गीता चमार, ललिता थारु र बानी चमारलाई पक्राउ गरिएको थियो। 

लुम्बिनी प्रदेश सांसद बादशाह कुर्मीलाई कारबाहीको माग गर्दै बालुवाटारमा धर्ना दिएका थिए। सो क्रममा प्रहरीले हस्तक्षेप गरी आधा दर्जनलाई पक्राउ गरी नियन्त्रणमा राखेको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

प्रतिनिधिसभा बैठक बस्दै