Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार खतिवडाले हेर्न खोजेपछि मौद्रिक नीति रोकियो

शुक्रबार, साउन ४, २०८१
samridhi jewllers

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले अध्ययन गर्न खोजेपछि राष्ट्र बैंकले तयार पारेको मौद्रिक नीति रोकिएको छ। 

राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने तय भए पनि प्रधानमन्त्री ओलीका नवनियुक्त आर्थिक सल्लाहकार खतिवडाले अध्ययन गर्न चाहेका कारण सञ्चालक समितिले निर्णय धकेलेको हो। 

उच्च स्रोतका अनुसार केही दिनपछि मात्र मौद्रिक नीति सार्वजनिक हुनेछ। ‘परामर्श र सल्लाहअनुसार आएका सुझावका आधारमा सञ्चालक समितिको बैठकले मौद्रिक नीति सार्वजनिक गर्नेछ’, स्रोतले भन्यो।
 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १०:३२
प्रतिक्रिया दिनुहोस्