Nic Ad Nic Ad
Nic Ad Nic Ad
राजनीति

चाँडो विश्वासको मत लिन रास्वपाका मन्त्रीले प्रधानमन्त्री प्रचण्डलाई सुझाए

बिहीबार, असार २०, २०८१

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार बनाउने समझदारीसँगै केन्द्रीय सत्ता राजनीतिमा तरङ्ग आएको छ। सरकारमा सहभागी रहेका विभिन्न दलका मन्त्रीले राजीनामा बुझाउने क्रम जारी छ। 

samridhi jewllers

एमालेका मन्त्रीहरूले सामूहिक रुपमा राजीनामा बुझाएका छन् भने अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका मन्त्रीले पनि बिहिबार राजीनामा बुझाउने भएका छन्।

तर खल्तीमा राजीनामा पत्र बोकेको बताउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का चार मन्त्रीहरूले भने बालुवाटार पुगेर पनि राजीनामा दिएका छैनन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकहाँ उनीहरू राजीनामा दिन पुगेका थिए।  

प्रचण्डले संविधानअनुसारको अधिकार प्रयोग गर्ने भनेपछि रास्वपाका मन्त्रीले राजीनामा पत्र निकालेनन्। त्यो भनेको प्रधानमन्त्री प्रचण्ड विश्वासको मत लिने पक्षमा छन्। रास्वपाले प्रचण्डलाई मत दिने तयारी गरेको छ।

यसो हुँदा बढीमा २८ दिन उनीहरू कामचलाऊ सरकारको मन्त्री पदमा रहनेछन्। तर रास्वपाका मन्त्रीले चाँडोभन्दा चाँडो विश्वासको मत लिन प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका छन्। प्रमुख सचेतक सन्तोष परियारका अनुसार यहि सुझाव दिएर रास्वपाका मन्त्री फर्किएका हुन्। 

प्रधानमन्त्री प्रचण्डले ३० दिनभित्र प्रधानमन्त्री पदमा रहन ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। कांग्रेस र एमालेले उनलाई विहीबारसम्म राजीनामा दिनका लागि समयसीमा तोकेका छन्। 
 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्