नेभिगेशन
मनोरञ्जन

फिल्ममा ‘कमब्याक’ गर्दै सुशील क्षेत्री

काठमाडौं- अभिनेता सुशील क्षेत्री फिल्म 'तेल भिसा' मार्फत कमब्याक गर्ने तयारीमा छन् ।

पाँच वर्षभन्दा लामो समयपछि अभिनयमा फर्किन लागेका अभिनेता क्षेत्री अमेरिकामा बस्दै आएका थिए । शंकर घिमिरेको निर्देशन रहेने फिल्म 'तेल भिसा'को पहिलो चरणमा अमेरिकामा नै छायांकन गरिएको छ । फिल्मको एउटा गीतमा सुशीलले नृत्य गरेका छन्। 'तेल भिसा' मा विपीन कार्की, वर्षा राउत, ऋचा घिमिरे लगायतको शीर्ष अभिनय रहने छ।

ऋचाले यही फिल्ममार्फत अभिनयमा कमब्याक गरेकी हुन्। अमेरिकामा बस्दै आएकी अभिनेत्री पूजा चन्दले पनि यसमा अभिनय गरेकी छन्। अमेरिका सेड्युल पूरा भएको फिल्मको बाँकी छायांकन असार पहिलो सातादेखि चितवनमा हुने निर्देशक घिमिरेले जानकारी दिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

अभिनेता मुकुल देवको निधन