Nic Ad Nic Ad
Nic Ad Nic Ad

कुल गार्हस्थ्य उत्पादनमा बागमती सबैभन्दा अगाडि

बुधबार, जेठ ९, २०८१

काठमाडौं - नेपालको अर्थतन्त्रको आकारमा सबैभन्दा ठूलो योगदान बागमती प्रदेशको रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधवार सार्वजनिक गरेको प्रदेश लेखा तथ्याङ्क अनुसार राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै हिस्सा बागमती प्रदेशको रहने देखिएको हो ।

चालु आर्थिक वर्ष (आव) २०८०/८१ मा नेपाली अर्थतन्त्र ३.८७ प्रतिशतले विस्तार भई ५७ खर्ब ५ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । यसमा बागमती प्रदेशले सबैभन्दा धेरै ३६.४ प्रतिशत ओगट्छ । दोस्रोमा कोशी प्रदेश रहेको छ । कोशीले अर्थतन्त्रमा १५.८ प्रतिशत हिस्सा ओगट्छ ।

 

लुम्बिनी प्रदेशले १४.३ प्रतिशत, मधेश प्रदेशले १३.१ प्रतिशत, गण्डकी प्रदेशले ९.१ प्रतिशत, सुदूरपश्चिम प्रदेशले ७.१ प्रतिशत र कर्णाली प्रदेशले ४.३ प्रतिशत हिस्सा ओगट्ने कार्यालयले जनाएको छ ।

 

 

तथ्याङ्क अनुसार बागमती प्रदेशको अर्थतन्त्रको आकार २० खर्ब ७४ अर्ब रहेको छ । कोशीको ९ खर्ब ३ अर्ब, लुम्बिनीको ८ खर्ब १४ अर्ब, मधेशको ७ खर्ब ४८ अर्ब, गण्डकीको ५ खर्ब १७ अर्ब, सुदूरपश्चिमको ४ खर्ब ४ अर्ब र कर्णालीको अर्थतन्त्रको आकार २ खर्ब ४४ अर्ब रुपैयाँ बराबरको रहेको देखिएको छ ।

 

 

 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  २१:३७
प्रतिक्रिया दिनुहोस्