Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री–गृहमन्त्री आरोप प्रत्यारोप, प्रचण्ड भन्छन्– वाइयात कुरो हो

सोमबार, वैशाख ३१, २०८१

काठमाडौं– सहकारी ठगीका मुख्य अभियुक्त जीबी राईबारे पछिल्लो पटक गृहमन्त्री रवि लामिछानेले दिएको अभिव्यक्तिलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खण्डन गरेका छन्। 

चितवन पुगेका लामिछानेले जीबी राईलाई खोज्न समय लाग्ने बताउँदै अघिल्लो सरकारले भगाएको आरोप लगाएका थिए। अघिल्लो सरकारमा पनि प्रचण्ड नै प्रधानमन्त्री थिए।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने विवादमा ताएिका छन्। उनीमाथि संसदीय छानबिन समिति बन्नुपर्ने अडान नेपाली कांग्रेसले राखेको थियो।

सहकारी प्रकरणको प्रश्नमा घेरिएपछि निर्वाचन क्षेत्र चितवनमा पुगेका लामिछानेमाथि पत्रकारले सोधेको प्रश्नका क्रममा ‘अघिल्लो सरकारले भगाएको’ भन्ने आरोप लगाएका थिए। 

यसको प्रत्योत्तरमा प्रधानमन्त्री प्रचण्डले भने,‘जीबी राईलाई पक्रनुपर्छ भन्नेमा सरकार स्पष्ट छ। पासपोर्टलगायतको समस्याले गर्दा केही ढिलो भएको हो, अघिल्लो सरकारले भगायो भन्ने कुरो वाइयात हो। अघिल्लो सरकारले र गृहमन्त्रीले पनि भगाएको होइन।’

कांग्रेससँगको गठबन्धनमा रहेको अघिल्लो सरकारमा नारायणकाजी श्रेष्ठ गृहमन्त्री रहेका थिए।
 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १०:५५
प्रतिक्रिया दिनुहोस्