नेभिगेशन
समाचार

अब सय रुपियाँको नोटमा चुच्चे नक्शा

काठमाडौं– लिपुलेक, लिम्पियाधुरा र कालापानीसहित समेटेको नेपालको चुच्चे नक्शा अब नेपाली मुद्रामा प्रकाशित हुने भएको छ। 

मन्त्रिपरिषदको बैठकले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको  सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी  दिइन् ।

उनले भनिन्,‘सय रुपैयाँको डिजाइन परिवर्तन गर्ने निर्णय भएको छ । स्वीकृत दिएको छ। पुरानो नक्सामा चुच्चे नक्सा प्रयोगमा ल्याउने छ।’

सरकारले २०७७ जेठ ७ गते लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ सार्वजनिक गरेको थियो। उक्त नक्शा सर्वसम्मतले पारित भएको थियो। 

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको उक्त प्रस्ताव प्रतिनिधि सभाको बैठकले सर्वसम्मतले पारित गरेको थियो। त्यसबेला हालको जनता समाजवादी पार्टीकी सांसद रहेकी सरिता गिरीबाहेक कसैले पनि बिमति राखेका थिएनन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार