शिक्षकलाई महानगरको निर्देशन : विद्यालय समयमा शिक्षकलाई अन्य कार्यमा नलगाउन

बिहीबार, वैशाख १३, २०८१

काठमाडौं - काठमाडौं महानगरपालिकाले समाुदायिक विद्यालयहरुले आफ्ना कार्यालयमा कार्यरत शिक्षकलाई विद्यालयको नियमित पठनपाठन प्रभावित हुनेगरी अन्य कार्यमा नलगाउन निर्देशन दिएकाे छ ।

महानगरले सूचना जारी गर्दै पठनपाठन प्रभावित हुनेगरी विद्यालय समयभित्र एसईईको उत्तपूस्तिका परीक्षण गर्ने कार्यलगायत अन्य कार्यहरुमा शिक्षकहरुलाई नपठाउन निर्देशन गरेको हाे ।

महागनरको शिक्षा विभागकी निमित्त विभागीय प्रमुख सरस्वती पोखरेलले सूचना जारी गर्दै विद्यालयहरुलाई यस्तो निर्देशन दिएकी हुन् ।

विद्यालयको नियमित पठनपाठन प्रभावित हुनेगरी अन्यत्र कार्यमा संलग्न नहुन महानगरले सचेत गराएको छ । अन्यथा प्रचलित कानूनबमोजिम कारबाही हुने पनि महानगरले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  २१:४३
प्रतिक्रिया दिनुहोस्