नेभिगेशन
खेलकुद

नेपाल पौडी सङ्घको अध्यक्षमा जगतमान श्रेष्ठ

काठमाडौँ - नेपाल पौडी सङ्घको पाँचौँ राष्ट्रिय अधिवेशनबाट जगतमान श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको छ । 

वरिष्ठ उपाध्यक्षमा जयप्रकाश भट्टराई, उपाध्यक्षमा क्रमशः जुनाकुमारी कडायत, चित्रराज भट्ट, उमेश प्रधान निर्वाचित हुनुभयो । त्यस्तै महासचिवमा ईश्वर कार्की, सचिवमा क्रमशः रञ्जन भट्टराई, गङ्गालाल गोले निर्वाचित हुनुभयो भने कोषाध्यक्षमा दिलीप वैद्य, सहकोषाध्यक्षमा योगेन्द्रमान श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

सदस्यमा दीपकसागर सिंह, विकास शर्मा, कुमार गिरी, गङ्गालाल सिङ्गार, डम्बरबहादुर तामाङ, भरत तामाङ, विष्णुप्रसाद न्यौपाने, पञ्चा सिंह, टेकबहादुर थापा, जनक थापा, रुपेशमान सिंह, हरेन्द्र यादव, अनिश महर्जन तथा शिरिष गरूङ निर्वाचित भएका छन् । 

यससँगै नेपाल पौडी सङ्घमा अशोकरत्न बज्राचार्यको कार्यसमितिको ४२ वर्षदेखिको विरासत तोडिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद