एसीसी प्रिमियर कप

नेपाललाई साउदीको ७४ रनको लक्ष्य, पहिलो ओभरको दोस्रो बलमा कुशल आउट

बुधबार, वैशाख ५, २०८१

काठमाडौं– एसीसी प्रिमियर कप क्रिकेटमा साउदी अरबले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ। 

तर, ब्याटिङमा उत्रिएको नेपालले पहिलो ओभरको दोस्रो बलमा नै एउटा विकेट गुमाएको छ। 

ओपनिङमा आएका कुशल भुर्तेल शुन्य रनमा क्याच आउट भए। उनको स्थानमा कुशल मल्ल आएका छन्। 

आृेमानमा जारी खेलमा नेपाल पराजित भए पनि सेमिफाइनलका लागि सुरक्षित भइसकेको छ। बर्षाका कारण यो खेल ८–८ ओभरको बनाइएको थियो।

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १५:१५
प्रतिक्रिया दिनुहोस्