बलिउड टाइगर सलमान खानलाई 'घरमा गोली चल्दैन, यो पहिलो र अन्तिम चेतावनी' धम्की दिने को हुन्?

आइतबार, वैशाख २, २०८१

काठमाडौं– बलिउड टाइगर सलमान खानलाई धम्कीपूर्ण चेतावनी दिएको एउटा पोस्ट अहिले भाइरल भइरहेको छ। 

आइतबारबिहान मुम्बईको बान्द्रास्थित सलमानको घरअगाडि तीन फायर भएको थियो। यसको चर्चा चलिरहेका बेला घटनाको जिम्मेवारी लिँदै यो पहिलो र अन्तिम चेतावनी रहेको भनिएको छ। 

अनमोल बिसनोई नामबाट सामाजिक सञ्जालमा सलमानलाई धम्की दिँदै भनिएको छ,‘जुन दाउद इब्राहिम र छोटा शकिललाई तिमीले भगवान मानेका छौ, उसको नामका हामीले दुई कुकुर पालेका छौं। बाँकी बोल्ने मेरो बानी छैन, जय श्रीराम।’

ल्वरेन्स विसनोई नामको ग्रुपको पनि यहाँ जिकिर गरिएको छ। जहाँ जिम्मेवारी लिनेले गोल्डी ब्रार, रोहित गोदारा र काला जथरीको नाम पनि उल्लेख छन्। 

यसैबीच महाराष्ट्रका मुख्यमन्त्री एकनाथ सिंदेले सलमानलाई फोन गरी हालचाल सोधेको पनि खबरमा आएका छन्। 

सलमान खानको घरअगाडि भएको गोलीकाण्डको सीसीटिभी फुटेजको अध्ययन भइरहेको छ। 

आइतबार बिहान स्थानीय समयअनुसार ५ बजे भएको तीन राउन्डसम्मको गोली हानिएको विषयमा मुम्बई प्रहरीलगायत अपराध अनुसन्धानको टिमले छानबिन गरिरहेको छ। 

dhamki-1713087788.jpg

यस विषयमा बलिउडका कयन कलाकारले सलमान खानप्रति सद्भाव देखाएका प्रतिक्रिया पनि छन्। सलमान खानले पनि कडा प्रतिक्रिया दिएको उनका खास मित्रलाई उदृत गर्दै भारतीय अखबार र मिडियाले जनाएका छन्। 

खबरअनुसार अभिनेता सलमान खानले ‘केही फरक पर्दैन, कोहीसँग डराउँदिन’ भन्ने प्रतिक्रिया दिएका हुन्। केही समयअघि खानलाई विभिन्न आपराधिक समूहका व्यक्तिले धम्क्याएका खबर चर्चामा थिए।
 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १५:२८
प्रतिक्रिया दिनुहोस्