घरअगाडि गोलीकाण्डबारे बलिउड टाइगर सलमान खानको प्रतिक्रियाः कोहीसँग डराउँदिन

आइतबार, वैशाख २, २०८१

काठमाडौं– भारतको मुम्बईस्थित बान्द्रामा रहेको बलिउड टाइगर सलमान खानको घरअगाडि भएको गोलीकाण्डको सीसीटिभी फुटेजको अध्ययन भइरहेको छ। 

आइतबार बिहान स्थानीय समयअनुसार ५ बजे भएको तीन राउन्डसम्मको गोली हानिएको विषयमा मुम्बई प्रहरीलगायत अपराध अनुसन्धानको टिमले छानबिन गरिरहेको छ। 

यस विषयमा बलिउडका कयन कलाकारले सलमान खानप्रति सद्भाव देखाएका प्रतिक्रिया पनि छन्। सलमान खानले पनि कडा प्रतिक्रिया दिएको उनका खास मित्रलाई उदृत गर्दै भारतीय अखबार र मिडियाले जनाएका छन्। 

खबरअनुसार अभिनेता सलमान खानले ‘केही फरक पर्दैन, कोहीसँग डराउँदिन’ भन्ने प्रतिक्रिया दिएका हुन्। केही समयअघि खानलाई विभिन्न आपराधिक समूहका व्यक्तिले धम्क्याएका खबर चर्चामा थिए।
 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १३:३३
प्रतिक्रिया दिनुहोस्