इगोको अति, नेपाली फिल्मलाई खति

प्रत्यक्ष–अप्रत्यक्ष दुश्मनी र ‘इगो’बीच तीन फिल्म एकै दिन रिलिज गरिने, भित्री कारण यस्तो छ

शनिबार, चैत २४, २०८०

काठमाडौं– आगामी जेठ १० गते नेपाली हलहरूमा तीन नेपाली फिल्म एकसाथ रिलिज हुन लागेका छन्। अनमोल केसी अभिनित फर्कि–फर्कि, प्रदीप खड्काको लिड रहेको पुजार सार्की र पुजा शर्माको दानवी। 

धरासायी अवस्थामा रहेको नेपाली फिल्म उद्योगमा निर्माण भएका केही फिल्मले व्यापारको लय समातिरहेका बेला अस्वस्थ्य प्रतिस्पर्धामा तीन फिल्म उत्रिएका छन्। यसले निर्माता निर्देशकको लगानी र सीपमा धक्का त हुने नै छ, उनीहरूको आपसी ‘इगो’ र प्रत्यक्ष अप्रत्यक्ष दुश्मनीले फिल्म उद्योगमा हानि हुने पनि निश्चित छ। 

यी तीन फिल्म एकसाथ रिलिज गर्नुको नेपथ्यका कारणहरू खुट्याइएको छ। 

पहिलो, निर्माता रोहित अधिकारीले ३ वटा फिल्म निर्माण गर्ने घोषणा गरेका थिए। जसमध्ये एउटा फिल्म निर्देशन गर्न निर्देशक दिनेश राउतलाई रोजे। उनलाई ८ लाख पनि अग्रिम दिए। रोहितले पछी फर्की–फर्की फिल्ममा सुयोग गुरुङलाई निर्देशक लिए। दिनेश राउतको रोहीतसँग इगो बढ्यो। रोहितले दिनेश राउतसँग ८ लाख फिर्ता मागे। मन्दिको समयमा रिसाउँदै दिनेश राउतले ८ लाख फिर्ता दिए। फर्की–फर्कीका निर्माता रोहीतसँग पुजार सार्कीका निर्देशक दिनेश राउतको इगो हट भयो। त्यसको प्रभावका रुपमा यी दुई फिल्म एकै मितिमा हलमा आउन लागेका हुन्। 

दोस्रो, निर्देशक सुदर्शन थापा र अभिनेत्री पूजा शर्मा मिलेर फिल्म रावायण बनाउँदै छन्। रावायणमा अनमोल केसीले काम गर्ने पक्का थियो। पछी अनमोलले फिल्म छोड्ने निर्णय गरे। सुदर्शनले कानुनी सहायता लिएर अनमोललाई हिरासतमा लिन लगाए। आफूसँग सँगै फिल्म गर्ने भनेर नगरेपछी शर्माकै भर परेको फिल्म दानवीकी पूजा शर्माको फर्की–फर्कीका नायक अनमोलसँग इगोहट भयो। त्यही भएर उनको फिल्म दानवी पनि जेठ १० मा नै रिलिज गर्न लागिएको हो।  

तेस्रो, प्रत्यक्ष–अप्रत्यक्ष अभिनेता प्रदीप खड्का र लेखक विकास कार्कीको पनि अनमोल केसी र भुवन केसीसँग सम्बन्ध राम्रो छैन। खासमा भुवन केसी र प्रदीपबीच त भनाभन नै भएको थियो। फिल्म प्रकाशमार्फत पाउनुपर्ने राष्ट्रिय अवार्डमा जुरीलाई नै प्रभावित पारेर चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका केसीले प्रदीपलाई अन्याय गरेको उनीहरूको बुझाई छ। यसअघि प्रेमगीत ३ को लफडा नै बाहिर आइसकेको थियो।  पुजार सार्कीका अभिनेता प्रदीपको फर्की–फर्कीका अभिनेता अनमोल केसीसँग इगोहट पहिलेदेखि कै बिषय हो। यसकारण पुजार सार्की पनि सोही दिन रिलिज गर्न लागिएको हो।    

चौथो, पुजार सार्कीको वितरण कम्पनी आर.आर फिल्मस् (रोहित÷ रत्न) र फर्की फर्कीको वितरण कम्पनी काफिया फिल्मस्  (गोबिन्द शाही) तथा कुबेर फिल्मस्  (कुबेर) बीच वितरणलाई लिएर पहिलेदेखि कै अस्वस्थ्य प्रतिस्पर्धा छ। त्यसैको निरन्तरतामा पनि यी दुई फिल्म एकै दिन मैदानमा लड्न लागेका हुन्।  

र, पाँचौ, अप्रत्यक्ष रुपमा कुन–कुन निर्माता, निर्देशक र वितरकको सपोर्ट कुन फिल्मलाई छ। कुन हलवालाले कुन फिल्मलाई सपोर्ट गर्छु भनेको छ। उचालेको छ, त्यस्तो त कति–कति कारणले पनि यी तीन फिल्म अस्वस्थ्य प्रतिस्पर्धाका लागि तयार भएका छन्।   
त्यसको फलस्वरुप फिल्म फर्की–फर्की, पुजार सार्की र दानवी एकैदिन जेठ १० गते रिलिज गर्ने घोषणा गरिएको हो। यती सानो चलचित्र उद्योगमा इगोहटमा यस्तो अस्वस्थ्य प्रतिस्पर्धा उचित हो र ? 

उक्त मितिमा खास ठूलो बिदा नि छैन। एकले अर्काको अस्थित्व स्वीकार गर्न नसक्ने व्यक्तिगत कारणले तीन फिल्म एकै दिन आउन लागेका रहेछन्। 

हुन त ३ फिल्मकै लागि राम्रो स्क्रिन उपलब्ध छन्। राम्रो जसरी नि चल्ने हो। कबड्डी –४ ले  एकै दिनमा २.५ करोड को व्यापार गरेको थियो। एउटै फिल्मले २२ करोड व्यापार गरेकै थियो। महाजात्राले पनि राम्रो ब्यापार गरिरहेको छ। 

यो ३ फिल्मले मिलेर २२ करोड व्यापार गरे पनि ३ फिल्म नै हिट हो। यो ३ नै फिल्मले एकै दिनमा व्यापार गर्दा पनि ३ ओटै फिल्म हिट हुन्छ ३ फिल्मलाई नै उतिकै अवसर छ। तर नेपाली दर्शकको रोजाई कस्तो होला? अनि, थोरै भए पनि लगानी सुरक्षितको हिसाबले तीन फिल्म एकै दिन आउँदा हानि हुने नै छ। 

एकै मितिमा नआएको भए तीनै फिल्मले स्क्रिन केही धेरै पाउन सक्ने थिए। किनभने अनमोल केसी, प्रदीप खड्का र स्वयम् पूजा शर्माका फिल्म नेपाली हलमा चलेका र चल्न सक्नेमा नै गनिन्छन्। तर, इगोले बिगो गराउनेचाहिँ निश्चित जस्तै देखिन्छ।
 

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  ११:१८
प्रतिक्रिया दिनुहोस्