सरकारले इजरायलको कृषि क्षेत्रमा कामदार पठाउने प्रक्रिया स्थगित गर्यो

बुधबार, चैत १४, २०८०

काठमाडौं - नेपाल सरकारले इजरायलको कृषि क्षेत्रमा कामदार पठाउने भर्ना प्रक्रिया स्थगित गरेको छ ।

वैदेशिक रोजगार विभागले एक सुचना जारी गर्दै  इजरायलको कृषि क्षेत्रमा कामदार लैजाने विषयमा अध्ययन भइरहेको भन्दै म्यानपावर कम्पनीबाट इजरायलका लागि कामदार भर्ना प्रक्रिया स्थगित गरेको जनाएको हो ।

नेपाल सरकार र इजरायल सरकारबीच श्रम सम्झौता अनरुप बीटूबी माध्यमबाट इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदार पठाउँदै आइएको थियो ।

विभागले  सूचना जारी गर्दै हाल बीटुबीको माध्यमबाट इजरायलको कृषि क्षेत्रमा कामदार लैजाने विषयमा मन्त्रालयबाट पुनरावलोकनका लागि समिति गठन भएर अध्ययन भइरहेकोसमेत विभागले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  २१:२०
प्रतिक्रिया दिनुहोस्