माओवादी उपाध्यक्षबाट महराको ‘राजीनामा’

मंगलबार, चैत ६, २०८०

काठमाडौं– सुन तस्करी प्रकरणको छानबिनका लागि पक्राउ गरी अनुसन्धानमा रहेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई राजीनामा गराइने भएको छ। 

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो। प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बसेको बैठकले महराको राजीनामा गराउने निर्णय गरेको हो। 

महरालाई अस्पतालको हिरासतमा नै भेटेर राजीनामा गराउनका निम्ति केही नेता जानेछन्। महराले राजीनामा गर्न अटेर गरेको खण्डमा भने माओवादीले निलम्बन गरेर अघि बढ्ने निर्णय भएको स्रोतले जनायो।
 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १०:५१
प्रतिक्रिया दिनुहोस्