बागमती प्रदेश सत्ता समीकरणमा कतै नलाग्ने ‘लौरो’को घोषणा, यस्तो छ विज्ञप्ति

आइतबार, चैत ४, २०८०

काठमाडौं– हाम्रो नेपाली पार्टी (लौरो)ले बागमती प्रदेश सरकार बनाउने या भत्काउने खेलमा सहभागी नहुने घोषणा गरेको छ। 

आइतबार पार्टीका प्रवक्ता रोहन कार्कीले विज्ञप्ति जारी गरी सत्ताको खेलमा नलागी पनि जनताको काम गर्न सकिने भएकाले पुराना दलहरूको पक्ष वा विपक्षमा नलाग्ने जनाएका हुन्। 

बागमती सरकार समीकरण फेरिने स्थितिमा लौरो निर्णायक शक्ति हो। दुई प्रदेश सभा सदस्य रहेको उक्त शक्तिले नेतृत्व पाएको खण्डमा भने मिलाएर लैजान सक्ने आशयमा विज्ञप्ति जारी गरेको हो।

यस्तो छ विज्ञप्ति  

hamro-nepali-1710660546.jpg

नयाँ गठबन्धन बनेपछि बागमतीमा माओवादी नेता शालिकराम जम्कट्टेल नेतृत्वको सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ।

सरकारबाट बाहिरिएको नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। अब मुख्यमन्त्री जम्कट्टेलले आफूलाई प्रदेश सभाका बहुमत सदस्यको समर्थन रहेको प्रमाणित गर्नुपर्छ।

फेरिएको राजनीति गठजोडसँगै बागमती प्रदेश सभाको राजनीतिक अंक गणित पनि रोचक बनेको छ । ११० प्रदेश सभा सदस्य रहेको बागमती प्रदेशमा सरकार जोगाउनका लागि न्युनतम ५६ जनाको समर्थन आवश्यक पर्छ। 

प्रदेश सभामा ७ पार्टीहरूको उपस्थिति छ। सत्तारूढ गठबन्धनमा रहेका एमालेसँग, माओवादी र एकिकृत समाजवादीसँग क्रमशः २७, २१ र ७ गरि ५५ सांसद पुग्छन्। सत्तागठबन्धनबाट बाहिर रहेका राप्रपासँग १३, नेमकिपासँग ३ र हाम्रो नेपाली पार्टीसँग २ सांसदहरू रहेका छन्। 

सत्ता गठबन्धनलाई बागमतीमा सत्ता जोगाउनका लागि राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीबाट समर्थन आवश्यक पर्छ। तर राप्रपाले प्रदेश सभामा कसैलाई समर्थन नगर्ने बताइसकेको छ भने नेमकिपाले पनि प्रतिपक्षमा रहने बताएको छ। 
 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १३:१४
प्रतिक्रिया दिनुहोस्