Nic Ad Nic Ad
Nic Ad Nic Ad
तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन

लुम्बिनीको मायादेवी मन्दिरमा त्रिपिटक वाचन सुरू

आइतबार, फागुन २०, २०८०

लुम्बिनि– बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन आइतबारदेखि सुरु भएको छ । 

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक समारोहका विच तीन दिने त्रिपिटक पाठको उद्घाटन गरेका हुन् । 

अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक वाचन सुरू गरिएको हो । 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधान तथा गहृमन्त्री श्रेष्ठले बुद्धको शिक्षा आधुनिक विज्ञानले समेत आत्मसाथ गरेको बताउँदै विश्वभर अन्तर्राष्ट्रिय ध्यान दिवस मनाउनुपर्ने बताए । संयुक्त राष्ट्र संघका महासचिव एन्टिरियो गुटरेसले लुम्बिनी भ्रमण गरेर काठमाडौँमा भेट हुँदा बुद्धको शिक्षाको मुख्य भागका रुपमा रहेको ध्यान विधिलाई योग दिवस जस्तै गरी अन्र्तराष्ट्रिय ध्यान दिवस घोषणाका लागि सघाउन अनुरोध गरेको उनले बताए ।

उनले आफ्नो मन्त्रालयले सुशासन र अपराधको क्षेत्रमा काम गर्नुपर्ने दायित्व भएको बताउँदै अब मान्छेलाई स्वरुपान्तरणले मात्रै सुशासन र अपराध न्यूनिकरण गर्ने बताउँदै यसका लागि ध्यान नै उपयोगी हुने धारणा राखे ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १८:३०
प्रतिक्रिया दिनुहोस्