अफगानिस्तानमा हिमपात र चिसोका कारण १५ जनाको मृत्यु

शनिबार, फागुन १९, २०८०

काबुल–  अफगानिस्तानमा चिसो मौसम र हिमपातका कारण १५ जनाको मृत्यु भएको छ ।

निजी सञ्चार माध्यम टोलोन्युजले जनाए अनुसार विगत तीन दिनदेखि देशका विभिन्न प्रान्तहरूमा परेको भारी हिमपातको कारण १५ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

बल्ख र फर्याब प्रान्तले तयार पारेको तथ्याङ्कले मानवीय क्षतिबाहेक हालैको हिमपातका कारण करिब १० हजार पशुपक्षी मरेको पनि उल्लेख गरेको छ ।

अफगानिस्तानका केही भागमा गत आइतबारदेखि भारी वर्षा र हिमपात भइरहेको छ । भारी हिमपात र वर्षाबाट  जनधनको क्षति भइरहेको छ ।

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  २१:०६
प्रतिक्रिया दिनुहोस्