Nic Ad Nic Ad
Nic Ad Nic Ad

इजरायली बम आक्रमणमा थप ७० प्यालेस्टिनीको मृत्यु

बिहीबार, फागुन १७, २०८०

गाजा– गाजा शहरको पश्चिम तटीय सडकमा सहायता लिन पर्खिरहेका प्यालेस्टिनीहरूको भेलामा बिहीबार इजरायली सेनाले गरेको बम आक्रमणमा कम्तीमा ७० जनाको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोत र प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

इजरायली बमबारीमा कम्तीमा ७० जनाको ज्यान गएको र २५० जना घाइते भएको मेडिकल स्रोतले बताएको छ ।

मृतक र घाइतेहरूलाई अल–शिफा अस्पतालमा लगिएको छ । यद्यपि सो अस्पतालमा चिकित्सा उपकरण र चिकित्सकको अभाव रहेको बताइएको छ ।

प्रत्यक्षदर्शीहरूले सिन्ह्वालाई बताए अनुसार इजरायली सेनाले गाजा शहरको पश्चिममा अल–राशिद स्ट्रिटमा नागरिकहरूको भेलालाई आक्रमणको निशाना बनाएको थियो ।

गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २९ हजार ९५४ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको थियाे । 

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १९:२९
प्रतिक्रिया दिनुहोस्