Nic Ad Nic Ad
Nic Ad Nic Ad

मिटरब्याज पीडितहरुले निकाले सिट्ठी जुलुस

बिहीबार, फागुन १७, २०८०

काठमाडौँ– विभिन्न माग राख्दै काठमाडौँ केन्द्रीत आन्दोलन गरिरहेका मिटरब्याज पीडितहरुले सिट्ठी जुलुस निकालेका छन् ।  

मिटरब्याज तथा ठगी विरोधी किसान संघर्ष समितिको अगुवाईमा उनीहरुले भृकुटीमण्डपदेखि बिभिन्न स्थान हुँदै बालुवाटारसम्म सिट्ठी जुलुस निकालेका हुन् ।

सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिव किसानहरुलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने, जुनसुकै तहमा हस्तान्तरण भएको सम्पनती फिर्ता हुनुपर्ने, अधिकारसम्पन्न न्यायीक आयोग गठन हुनुपर्ने लगाएतका ६ बुँदे मागसहित उनीहरु काठमाडौं केन्द्रीत आन्दोलनमा छन् ।  

न्याय मार्च गर्दै काठमाडौ आएका मिटरव्याज पीडित र सरकारबीच दुईपटक वार्ता भएपछि निष्कर्षमा भने पुग्न सकेको छैन । 

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १८:०९
प्रतिक्रिया दिनुहोस्