Nic Ad Nic Ad
Nic Ad Nic Ad

सेफ्टी ट्याङ्करमा लागूऔषध तस्करी, एक जना पक्राउ

बिहीबार, फागुन १७, २०८०

काठमाडौं- प्रहरीले सेफ्टी ट्याङ्करभित्र लागूऔषध राखेर तस्करी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले १६ फागुनमा गोकर्णेश्वर–५, जम्मुडाँडाबाट हरिवन–३, सर्लाहीका ३४ वर्षीय नविन मोक्तानलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार लागु औषध कारोबार गर्ने शंकास्पद व्यक्तिलाई पछ्याउँदै जाने क्रममा फागुन १६ गते राति सडक किनारमा रोकी राखेको ना ८ख २०२२ नम्वरको सेफ्टी ट्याङ्करको सिटमुनि ४७५ बोतल लागुऔषध फेला परेको थियो ।

मोक्तानसहित उक्त लागु औषध ओसारपसारमा प्रयोग गरिएको सेफ्टी ट्याङ्कर समेत बरामद गरी सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्