पूर्वसह–सचिव खापुङ : ललिता निवास प्रकरणका मियोँले आफन्त डुबाउन अनेक जालझेल गरे

सोमबार, फागुन १४, २०८०

इटहरी– जंगर भूमी रहेको इन्द्रप्रस्तलाई सुनै सुनको महलसम्म बन्ने गरी मिहेनत गरेका पाण्डपपुत्रसँग राजकाज खोस्नका लागि दुर्योधनले देखाएको आचरणले महाभारत भयो। यो कलियुगमा महाभारत होला या नहोला तर पूर्वसह–सचिव प्रेमबहादुर खापुङले भने सरकारी जग्गा त हडप्न किर्ते मात्र गरेनन् आफन्तको सम्पत्ति पचाउन अनेक जालझेल गरेका तथ्य बाहिर आएका छन्।

डिल्लिबजार मालपोतको अधिकारी हुँदा बालुवाटारस्थित ललिता निवास व्यक्तिका नाममा गर्दा करोडौंको जग्गा आफन्तका नाममा पास गर्ने किर्ते महाराज बनेका उनै खापुङले आफन्तका विभिन्न जग्गा जमिनमा आँखा मात्र गाडेका छैनन् मुद्दा मामिलाको झन्झट समेत दिलाएका छन्। 

मैदान प्रत्यक्ष आफू नदेखिने तर सरकारी सेवामा रहँदाको सम्बन्ध र दबाबको प्रयोगले आफन्तमाथि आफन्तकै मुद्दामामिलाको प्रकरण उनले चलाएका प्रमाण फेला परेका हुन्। 

युनए पार्कको सरकारी जग्गा व्यक्तिको नाममा गराएर करोडौं कुम्ल्याउने, ललिता निवास प्रकरणमा ७० करोडको जग्गा आफू, श्रीमतीलगायतको नाममा पास गराएका खापुङमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरानोसहितका मुद्दामा छानबिन थालेको थियो। तैपनि उनको मतिमा सुधार आउनु त कता हो कता अझ आफन्तकै सम्पत्ति निल्ने प्रपञ्चको फेहरिस्त तयार पारिरहेका छन्।

खापुङले सालो स्व. ललितबहादुर आङबुहाङले दुख गरेर श्रीमती र सन्तानका लागि जोडिदिएको जग्गा हडप्न आफू प्रशाशक भएका बेलाको तुजुक देखाउन छाडेका छैनन्। जबकि, आधा दर्जनभन्दा बढी खापुङ आवद्ध संस्था कतै डुबेका छन् भने कतिको कन्तबिजोग हुने स्थिति छ।

यहाँसम्मकी उनको विवादीत छविका कारण सामाजिक काम गर्ने किराँत याक्थुम– चुम्लुङको जिम्मेबारीबाट समेत मुक्त गरिएको थियो। मुख्य त उनले गरेका सरकारी किर्तेदेखि आफन्तको जग्गा हडप्नेसम्मको कुकृत्यका विषय सतहमा नआएका होइनन्।

स्व. ललितबहादुरको सम्पत्तीमा उनले कब्जा जमाउनका लागि कतिपय आफन्तका नाममा पनि किर्ते कुरा र विवरण तयार पार्न लगाएका तथ्य समेत फेला परेका छन्।

यहाँसम्मकी ताप्लेजुङदेखि दमकसम्मको ललितबहादुरको जग्गा रोक लगाउनका लागि खापुङको डिजाइनमा अन्य समेत प्रयोग भएको पाइएको छ। यति मात्र होइन जिल्ला अदालतमा नसकेर अब उच्चसम्म पनि उनको षडयन्त्रको जालोले विस्तार पाएको छ।

जस–जसले ललितकुमारकी श्रीमति शिवरुपाको सम्पत्तीमा मुद्दा हालेका छन् उनीहरू प्रयोग गरिएको प्राप्त कागजातले खुलाउँछ। यसका लागि खापुङले भिमप्रसाद लिम्बु, बृषध्वज लिम्बुलाई पनि प्रयोग गरेको तथ्य फेला परेका हुन्। शिवरुपाले पति ललितकुमारले कमाईदिएको सम्त्ती अहिलेसम्म प्रयोग गर्न पाएकी छैनन्। त्यसमा मुद्दा मामिलाको अनावश्यक विवाद खापुङको डिजनाइनमा भएको छ।

सबैले अंश लिएको फस्र्यौट भएका विवरण पनि सुरक्षित छन्। अस्ट्रेलियामा बैदेशिक रोजगारीका क्रममा कमाएको रकमले ललितबहादुरले दमक र काठमाडौंमा जग्गा किनेका थिए। खापुङले त्यसमा पनि कब्जा जमाउनका लागि मुद्दा हाल्न लगाएको पारिवारिक स्रोतको दाबी छ।

अहिले यो प्रकरणमा खापुङले अंश मुद्दाका नाममा तुल्सा लिम्बुलाई पनि प्रयोग गरिरहेको आफन्त परिवारजनले नै बताउने गरेका छन्। उनको षडयन्त्रको अर्को जालो कहाँ कसरी तयार पार्छन् भन्ने बुझ्न नै कठिन हुने देखिन्छ। 

खापुङको नियत परिवारमा देखिनु स्वभाविक हो। किनभने, उनले राज्यकै सम्पत्ति पनि गैरकानुनी हिसाबले बेच्न सहयोग गर्दै कमिशनमा करोडौंको जग्गा जोडेको विवरण आएका थिए।

यति मात्र नभएर खापुङविरुद्ध परिवारका सम्पत्ति हडप्न खोजेको अभियोगमा पनि सम्पत्ति शुद्धिकरण विभागलगायतमा उजुरी परिसकेको छ, जुन अनुसन्धानका क्रममा रहेको अधिकारीहरूले बताएका छन्।
 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १०:५२
प्रतिक्रिया दिनुहोस्