कम्बोडियाको सिनेट चुनावमा सत्तारुढ दल विजयी : प्रवक्ता

आइतबार, फागुन १३, २०८०

न्होम्पेन– कम्बोडियाको सिनेट (माथिल्लो सदन)का लागि आइतबार भएको निर्वाचनमा सत्तारुढ कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी)ले दुई तिहाइभन्दा बढी सीटसहित विजयी भएको छ ।

सीपीपीले सिनेटको पाँचौं निर्वाचनमा भारी जित हासिल गरेको पार्टीका प्रवक्ता सोक आइसानले बताएका छन् । प्रवक्ता आइसानले प्रारम्भिक नतिजालाई उद्धृत गर्दै चुनावमा सीपीपीले सबैभन्दा बढी मत प्राप्त गरेको बताए ।

“सीपीपीले सिनेटका ५८ सिटमध्ये कम्तीमा ५० सिट जितेको छ, जुन कूल सङ्ख्याको ८० प्रतिशतभन्दा बढी हो । सन् २०२३ को जुलाईमा भएको आम निर्वाचनमा हामीले शानदार जित हासिल गरेकोसीपीपीका लागि यो अर्को ठूलो सफलता हो,” आइसानले भने ।

सीपीपीका ७१ वर्षीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री सामदेक टेचो हुन सेनले निर्वाचनपछि सिनेटको अध्यक्षको जिम्मेवारी सम्हाल्ने र राजा विदेशमा रहँदा कार्यवाहक राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्ने पनि उनले बताए ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  २०:०९
प्रतिक्रिया दिनुहोस्