Nic Ad Nic Ad
Nic Ad Nic Ad

विष्णुमति करिडोरका अवैध संरचना हटाउन सुरु

मंगलबार, फागुन ८, २०८०

काठमाडौँ–  टोखास्थित विष्णुमति नदी आसपासमा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको छ ।

टोखा नगरपालिकाले विष्णुमति नदी करिडोरलाई सुन्दर र व्यवस्थित बनाउनका लागि त्यस आसपासमा निर्माण गरिएका अस्थायी संरचना मंगलबार बिहान डोजर लगाएर हटाएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले सार्वजनिक जग्गा मिचेर नदीको किनारामा निर्माण गरिएका संरचना डोजर लगाएर हटाइएर्को जानकारी दिए ।

टोखाले सार्वजनिक जग्गा संरक्षण गर्नका लागि वडा नं ४ का वडाअध्यक्ष धर्मेन्द्र श्रेष्ठको संयोजकत्वमा ‘सार्वजनिक जग्गा संरक्षण समिति’ निर्माण गरी सार्वजनिक जग्गा मिचेर अवैध रूपमा निर्माण गरिएका संरचना हटाएको हो ।

उक्त समितिले आज टोखा नगरपालिका-८ स्थित फ्लोरोसेन्ट स्कुल अगाडि निर्माण गरिएका संरचना हटाएको नगरपालिकाका उपप्रमुख मुरारी तामाङले जानकारी दिए । उनले टोखाभित्रको सार्वजनिक सम्पत्ति संरक्षणका लागि नगरपालिकाले काम गरिरहेको बताए ।

नगरपालिकाले पहिलो चरणमा मनोरथ तीर्थदेखि टोखा प्रहरी चौकीसम्म विष्णुमति करिडोर आसपासमा निर्माण गरिएका संरचना हटाउने बताएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १७:००
प्रतिक्रिया दिनुहोस्