नारायणगढ-मुग्लिन सडकमा पहाड काट्ने काम अन्तिम चरणमा

सोमबार, फागुन ७, २०८०

चितवन- नारायणगढ-मुग्लिन सडक खण्डको पहाड काट्ने काम अन्तिम चरणमा पुगेको छ ।

उक्त सडक खण्डमा १२ बजे देखि ४ बजेसम्म सडक नै बन्द गरेर पहाड काट्ने काम हुँदै आएको छ । सडक खण्डको तुइन खोलामा पुल निर्माणको लागि अप्रोज बनाउन पहाड काट्ने काम भइरहेको हो ।

उक्त खण्डमा करिब ६० मिटर पहाड रहेकोमा गत आर्थिक वर्षमा २५ मिटर र यस आर्थिक वर्षमा ३५ मिटरमध्ये २७ मिटर पहाड काटि सकेको इन्जिनियर कृष्णप्रसाद आचार्यले बतायो । आचार्यका अनुसार उक्त सडक खण्डमा १५ वटा पुल निर्माण गर्नु पर्नेमा १४ वटा पुलको काम सम्पन्न भइ सकेको छ ।

पहाड काट्नको लागि फागुन १२ गते सम्म समय दिइएको छ । उक्त सडक खण्डको पहाड काट्ने काम अन्तिम अन्तिम चरणमा पुगेको र यसै आर्थिक वर्षसम्ममा पुलको स्लायव ढलान गर्ने लक्ष्य रहेको आचार्यले बताए ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १४:११
प्रतिक्रिया दिनुहोस्