काेभिडपछि फेरी सुरू भयाे 'वर्क फ्रम हाेम कल्चर'

शनिबार, फागुन ५, २०८०

बैंकक- कोरोना भाइरसको विश्वव्यापी महामारीका बेला सुरु भएको ‘घरबाट काम’ गर्ने संस्कृति अहिले लगभग समाप्त भएको छ ।

संसारभरका कम्पनीहरूले आफ्ना कर्मचारीहरूलाई काम गर्न अफिसमा आउनु पर्ने बताएका छन्। तर यो संस्कृति फेरि एक शहरमा फर्केको छ। यो सहरकाे नाम हाे बैंकक । थाइल्याण्डको राजधानी बैंकक शहरका कर्मचारीहरूलाई घरबाटै काम गर्न भनिएको छ र यसको पछाडिको कारण वायु प्रदूषण हो।

वायु प्रदूषणका कारण बैंकक खतरनाक धुवाँले छाेपिएको छ । यहाँ, वायु प्रदूषणको हानिबाट बच्न कर्मचारीहरूलाई घरबाट काम गर्न भनिएको छ । शहरका अधिकारीहरूले यहाँका कम्पनीहरूलाई आफ्ना कर्मचारीहरूलाई प्रदूषणबाट जोगाउन मद्दत गर्न आग्रह गरेका छन् । 

गभर्नर चचार्ट सिटिपुन्टले बुधबार साँझमात्रै बैंकक सहरका कर्मचारीहरूले बिहीबार र शुक्रबार घरबाट काम गर्ने बताएका थिए। उनले बैंककका ५० मध्ये कम्तीमा २० सहरमा स्वास्थ्यका लागि हानिकारक पीएम २.५ कण रहेको बताएपछि सबैलाइ 'वर्क फ्रम हाेम' भनेका छन ।

एयर मनिटरिङ वेबसाइट आइ क्यु केयरको अनुसार बैंकक विश्वको १० सबैभन्दा प्रदूषित शहर मध्ये एक हाे । बैंकक र चियांगमाई शहरहरू गतवर्ष धेरै पटक विश्वको सबैभन्दा प्रदूषित शहरहरूमा समावेश थिए । –एजेन्सीकाे सहयाेगमा

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  ०९:५३
प्रतिक्रिया दिनुहोस्