नेभिगेशन
अर्थ विविध

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

 काठमाडौ - नेपाल राष्ट्र बैंकले आज(बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । 

आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ८३ पैसा र बिक्री दर १४२ रुपैयाँ ४७ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ २२ पैसा र बिक्री दर १६६ रुपैयाँ ९८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध

गण्डकीमा घट्दै बर्खे धान खेती