१० बर्ष पछि साजिद नाडियाडवालासँग सलमानको फिल्म, ४०० करोडको लगानी

बुधबार, फागुन २, २०८०

मुम्बइ - सलमान खानका फ्यानहरुका लागि खुसीको खबर आएको छ । सलमान खान करिब १० वर्षपछि निर्माता साजिद नाडियाडवालासँग सँगै आउन तयार भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार सो फिल्मको बजेट ४ सय करोड भारु रहेको छ । प्राप्त जानकारीका अनुसार चलचित्रको छायांकन गर्मीमा सुरु हुनेछ र यो वर्षको अन्त्यसम्म जारी रहनेछ । उल्लेखनीय छ कि सलमान खान पछिल्लो पटक टाइगर–३ मा देखिएका थिए । अब खबर छ कि उनी दस वर्षपछि निर्माता साजिद नाडियाडवालासँग देखिने छन् ।

जब साजिद र मुरुगादासले फिल्म बनाउने सोचेका थिए, उनको दिमागमा पहिलो नाम सलमान खानको थियो। यो फिल्मका लागि सलमान दुबैको पहिलो रोजाइ थिए । सलमानलाई यसबारे सोध्दा उनले पनि सहमति जनाए । यो फिल्म साजिदको सबैभन्दा महत्वाकांक्षी फिल्म मध्ये एक हो । फिल्मको नाम भने तय भइसकेको छैन । फिल्मको छायांकन भारत बाहेक पोर्चुगल र अन्य युरोपेली देशमा हुनेछ ।

सलमान खानको यो फिल्मको बजेट पनि ठूलो हुने बताइएको छ । यो फिल्मको बजेट ४०० करोड रहेको बताइएको छ । फिल्म आगामी वर्षको इदको अवसरमा रिलिज हुँदैछ । मुरुगादासले यसअघि गजनी र होलिडे जस्ता सुपरहिट फिल्म दिएका छन् ।

तपाईलाई थाहा नहुन सक्छ कि आमिर खान भन्दा पहिले उनले सन् २००६ मा सलमान खानलाई गजनीको भूमिका अफर गरेका थिए । तर त्यसपछि कुरा मिल्न सकेन र भूमिका आमिर खानको हातमा गयो। अब १८ वर्षपछि यो जोडी पहिलो पटक सँगै काम गर्दैछन् ।

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १०:१७
प्रतिक्रिया दिनुहोस्