यातायातका महानिर्देशक रिजाललाई कार्यालयमै दलियो कालोमोसो

सोमबार, माघ २९, २०८०

काठमाडौँ- क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि दुर्व्यवहार भएको छ ।

लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकटको संगठनको एक समूहले उनलाई सोमबार कालोमोसो दलेर दुर्व्यवहार गरेको हो ।उक्त समूहले उनलाई मिनभवनमा पुगेर कालोमोसो दलेको बताइएको छ ।

‘कार्यकक्षमै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकटको समूह पुगेर कालोमोसो दलेको रिपोर्टिङ छ’, जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले भने ।

पछिल्लो समय लाइसेन्स वितरणमा ठुलो घोटाला भएको विषय बाहिरिएको छ । यो प्रकरणमा अख्तियारले समेत छानबिन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्