Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकी आक्रमणपछि इराकको चेतावनी– नराम्रो परिणाम भोग्नुपर्नेछ

शनिबार, माघ २०, २०८०

बगदाद– इराकले आफ्नो देशमा अमेरिकी आक्रमणपछि यस क्षेत्रमा गम्भीर परिणाम हुनसक्ने चेतावनी दिएको छ । 

गत आइतबार आफ्नो एउटा सैन्य आधार शिविरमा ड्रोन आक्रमण गरेपछि अमेरिकाले इराक र सिरियाविरुद्ध हवाई हमला तीब्र पारेको छ । यस हमलामा इराक र सिरियामा ८५ वटा लक्ष्यलाई निशाना बनाएको अमेरिकी सेनाले जनाएको छ । सो आक्रमणमा तीन अमेरिकी सैनिक मारिएका थिए । 

अमेरिकाले आफ्नो सैन्य शिविरमा भएको आक्रमणको लागि इरान समर्थित चरमपन्थीहरुको छाता संगठनलाई दोष दिएको छ । 

यता अमेरिकाको जवाफी हमलामा कम्तीमा १६ इराकी नागरिकको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । अमेरिकाले आफ्नो सेनाले इराक र सिरियामा रहेको इरान समर्थित मिलिसिया संगठनको स्थानमा आक्रमण गरेको बताएको छ ।

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १८:४७
प्रतिक्रिया दिनुहोस्