Nic Ad Nic Ad
Nic Ad Nic Ad

कर प्रशासनमा चार्टड एकाउण्टेन्सलाई प्रवेश गराउन अर्थमन्त्री सकारात्मक

बिहीबार, माघ १८, २०८०

काठमाडौँ - अर्थमन्त्री डा. प्रकाशशरण महतले कर प्रशासनमा चार्टड एकाउण्टेन्सहरुलाई प्रवेश गराउन सकारात्मक रहेको बताएका छन्।

samridhi jewllers

बुधवार काठमाडौँमा आयोजित चार्डट एकाउन्टेन्स संस्थाको २७ औँ वार्षिकोत्सव एवं छैटौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

उनले चार्टड एकाउण्टेन्सहरुले पेसागत कर्तव्य पालना गर्ने सिलसिलामा आउने लोभ, लालसा अथवा डर धम्कीबाट नहिच्किचाइ आफ्नो जिम्मेवारी इमानदारीपूर्वक वहन गर्ने हो भने सुशासन सुनिश्चित रहेको दाबी गरे।

उनले सार्वजनिक क्षेत्रदेखि लिएर निजी क्षेत्रमा समेत सुशासन सुनिश्चित हुने बताए। उनले बेरुजुको वर्गीकरण गरेर गम्भीर प्रकृतिका समस्यालाई प्राथमिकताका आधारमा समस्या समाधान गर्नुपर्ने पनि उल्लेख गरेका छन्।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १२:३९
प्रतिक्रिया दिनुहोस्