केपी ओली र ज्ञानेन्द्र शाहीपछि हर्क साम्पाङ पनि फिल्ममा देखिँदै

सोमबार, माघ १५, २०८०

काठमाडौं- सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ ) अब चलचित्रमा देखिने भएका छन् ।

मेयर राईले चलचित्र ‘खजुरे ब्रो’ अतिथि कलाकारको भूमिकाको काम गर्ने भएका छन् । चलचित्रमा मेयर साम्पाङको विशेष भूमिका रहेको छ। साम्पाङको चरित्रको छायांकन सकिएको चलचित्र निर्माण टिमले जनाएको छ ।

धरानको आइकनिक व्यक्तिको विषयलाई लिएर त्यहाँको सांस्कृतिक पक्ष उजागर गर्ने उद्देश्यले नगरप्रमुखलाई विशेष भूमिकामा खेलाइएको हो ।

‘खजुरे ब्रो’ पारिवारिक व्यंग्यामत्मक ‘लाइट कमेडी’ जनरामा आधारित चलचित्र हो ।

निर्देशक सुरज सुनुवारको निर्देशनमा बनिरहेको चलचित्र ‘खजुरे ब्रो’मा रेयर राई, महेश त्रिपाठी, नीति शाह मुख्य भूमिकामा छन्

यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले पनिचलचित्रमा काम गर्न स्वीकृति जनाइसकेका छन् । ओली र शाहीले रमित ढुंगानाको निर्देशनमा बन्ने नमेटिने घाउमा अभिनय गर्न लागेका हुन् ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १२:३०
प्रतिक्रिया दिनुहोस्