रुवाण्डामा डुङ्गा पल्टिँदा ११ जनाको मृत्यु, ४ बेपत्ता

शनिबार, माघ १३, २०८०

किगाली – पूर्वी रुवाण्डाको नदीमा डुङ्गा पल्टिँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।

रुवामागाना जिल्लाको मुगेसेरा नदीमा शुक्रबार साँझ डुङ्गा दुर्घटना भएको हो । किसानहरू न्गोमा जिल्लाको रुकुम्बेरी क्षेत्रमा लगाइएको बाली काटेर रवामागाना जिल्ला जाँदै गर्दा डुङ्गा पल्टिएको बताइएको छ ।

“जहाजमा ४६ जना यात्रु रहेको बुझएको थिए । शनिबार बिहानसम्म ११ जनाको शव निकालिएको छ भने ३१ जनाको उद्धार गरिएको जिल्लाका मेयर रदजब म्बोन्युमुवुनीले पत्रकारहरूलाई जनाकारी दिएका छन् ।अझै चार जनाको खोजी जारी छ,” एमबोन्युमुवुनीले दुर्घटनाको कारण ओभरलोड भएको बुझिएको छ।

एमबोन्युमुवुनीले दुर्घटनाको कारण ओभरलोड भएको बुझिएको छ । किसानहरू बाली स्यारेर फर्किएकाले डुङ्गामा मकै, सिमीलगायतका कृषि उपजको भारी रहेको उनले बताएका छन् ।

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  २१:४३
प्रतिक्रिया दिनुहोस्