केकी अधिकारीबारे किन भइरहेका छन् टिकाटिप्पणी ?

बुधबार, माघ १०, २०८०

काठमाडौं– साहित्यको कविता विधाको उत्कृष्ट छनौटको रियालिटी शोमा अभिनेत्री केकी अधिकारीको प्रवेशसँगै टिकाटिप्पणी सुरु भएका छन् । 

सुरक्षा पन्तलाई हटाएर नयाँ सिजनमा केकीको प्रवेशमा अनेकथरी टिप्पणी भएका हुन् । 

टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ सिजन २ को जजमा अभिनेत्री केकी अधिकारीको प्रवेश भएपछि उनलाई ट्रोल समेत गरिएको छ । 

अधिकारीले कविता विधामा खासै जानकारी नराख्ने भएका कारणले उनको प्रवेशमाथि खिसिट्युरी गरी सामाजिक सञ्जालमा पोस्टहरू भइरहेका हुन् ।

पहिलो सिजनकी जज सुरक्षा पन्तको ठाउँमा केकी अनुबन्धित भएको निर्देशक अमनप्रताप अधिकारीले जानकारी दिए । अन्य तीन जजहरु उपेन्द्र सुब्बा, अनुप बराल र विप्लव प्रतीक दोस्रो सिजनमा पनि निरन्तर हुनेछन् । केकी र निर्माताबीच औपचारिक सहमति भएको छ।

‘अन्य जजका विषयमा खासै टिप्पणी भएका छैनन् । तर केकी साहित्यमा कति रुची राख्छिन् या अब्बल छिन् भन्ने प्रश्नहरू आइरहेका छन्’, आयोजक मध्यका एक जनाले भने । 

यो शोको दोस्रो सिजन माघ २२ गतेदेखि प्रसारण हुँदैछ । दोस्रो सिजनमा कुल ३१ एपिसोड हुनेछ । फिनाले जेठमा गर्ने तयारी छ। शोलाई अभिनेता दिव्यदेवले होस्ट गर्नेछन् ।

‘केकीको अनुबन्धनका विषयमा भन्दा पनि आयोजकले यसो किन गरेको होला भन्ने चासो बढेको हुनसक्छ’, एक साहित्यकार भन्छन्,‘ग्ल्यामरका लागि ल्याएको हो भने कवितामा नै ग्ल्यामर हुन्छ भन्ने बुझ्न पर्ने थियो ।’ 

उनी पहिलो सिजनमा पनि होस्टको रुपमा थिए । पहिलो सिजनमा सिक्किमकी कवयत्री निलम गुरुङ विजेता बनेकी थिइन् । सामाजिक सञ्जालमा केकीका बारेमा निरन्तर टिप्पणी अहिले पनि जारी छन् ।

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १०:५९
प्रतिक्रिया दिनुहोस्