नेपाल आइडलमा ‘टप ११’ मा आउट भएकी मेनुका इन्डियन आइडलको ‘टप १०’ मा

सोमबार, माघ ८, २०८०

काठमाडौं– नेपाली गायिका मेनुका पौडेल इन्डियन आइडलको टप १० मा प्रवेश गरेकी छन्। 

गएराति प्रशारण भएको श्रृंखलाबाट उनी इन्डियन आइडलको १४ औं संस्करणको टप १० मा प्रवेश गरेकी हुन्। 

फास्ट बिटको गीत गाएकी थिइन्। जसको निर्णायकहरूले खुलेर प्रशंसा गरेका थिए। चर्चित सलार फिल्ममा गीत समेत गाइसकेकी मेनुकाको चर्चा चुलिएको छ। उनी नेपाल आइडलमा भने टप ११ मा नै आउट भएकी थिइन्।
 

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १४:०५
प्रतिक्रिया दिनुहोस्