प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन चयन

बिहीबार, माघ ४, २०८०

काठमाडौं- प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन चयन भएकी छिन् । सञ्चालक समिति मंगलबारको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्स गाभिएपछि उनलाई अध्यक्षमा चयन गरिएको हो । उनी दुई कम्पनी गाभिनु अघिसम्म प्रभु लाइफ इन्स्योरेन्सकी संस्थापक शेयरधनीतर्फबाट सञ्चालक थिइन् । अहिले उनलाई संस्थापक समूहबाट अध्यक्षमा चयन गगरिएको हो।

अध्यक्ष भट्टचन बिजनेश घराना प्रभु ग्रुपकी प्रबन्ध निर्देशक पनि हुन् । उनले अमेरिकाबाट साइबर सुरक्षा विषयमा स्नातोकोत्तर सकेकी छन् । भट्टचनले प्रभु ग्रुप इंक, अमेरिका, सिंगापुर, मलेसिया लगायतका ग्रुपको विभिन्न देशका लागि सिपिङ कम्पनीको नेतृत्व गरिसकेकी छिन् । उनी बीमा क्षेत्रको दोस्रो महिला अध्यक्ष हुन् ।

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १६:५५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार