इनारमा खसेकी महिलाको सकुशल उद्धार

सोमबार, माघ १, २०८०

ललितपुर– ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोलस्थित एक घरको इनारमा खसेकी महिलाको सकुशल उद्धार गरिएको छ ।

लुगा सुकाउने क्रममा २८ वर्षीय नूतन प्रधान इनारको ढकन भत्किँदा इनारभित्र खसेकी थिइन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा प्रधानलाई इनारबाट निकालिएको थियो ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज कार्कीले  इनारभित्र खसेकी प्रधानको सकुशल उद्धार  गरिएको जानकारी दिए । 

प्रधानलाई उपचारका लागि पाटन अस्पताल पठाइएको छ । प्रहरी उपरीक्षक कार्कीका अनुसार महिलाको शरीरमा सामान्य घाउ चोट लागेको भए पनि अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १९:४९
प्रतिक्रिया दिनुहोस्