नेभिगेशन
समाज विविध

धवल शम्शेरलाई ३ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं- काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री एवं प्रतिनिधिसभा सदस्य धवल शम्शेर राणालाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

सोमबार अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई धरौटीमा छाड्न आदेश दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । राणा सोमबार बिहान अदालतमा हाजिर भएका थिए ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने अदालतमा उपस्थित भएका छैनन् । तीनकुने घटनामा हाजिर जमानीमा छुटेका उनीहरू मुद्दा दायर गर्दा उपस्थित थिएनन् ।

गत चैत १५ गते राति पक्राउ परेका राणालाई प्रहरीले स्वास्थ्य अवस्थाका कारण वैशाख ७ गते हाजिर जमानीमा छाडेको थियो । तर, त्यसपछि उनी सम्पर्कमा आएका थिएनन् ।

गत बिहीबार राति जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षको लागि थुनामा पठाएको थियो । बाँकीलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध