राष्ट्रिय शैक्षिक परामर्श संघ कोशीमा कुरुङवाङको नेतृत्व 

आइतबार, पुस २९, २०८०

इटहरी– राष्ट्रिय शैक्षिक परार्मश संघको कोशी प्रदेश समितिको अध्यक्षमा सन्तोष कुरुङवाङ निर्वाचित भएका छन्। 

दोस्रो बार्षिक साधारण सभाले नयाँ कार्यसमिति सर्वसम्मत गरेको हो। 

उपाध्यक्षमा रेणुकान्त यादव, सचिवमा नरेन्द्र दंगाल, सह सचिवमा राजु थापा र कोषाध्यक्षमा मैना राना मगरलाई इटहरीको सोल्टी होटलमा भएको साधारण सभाले निर्वाचित गरेको थियो। 

दिवस भुर्तेल, विष्णु रोई, चन्दन माझी र सोनाम रिजाल सदस्यमा छानिएका छन्। साधारणसभा अघि पूर्वमिस नेपाल माल्भिका सुब्बाले ‘पब्लिक स्पिकिङ’बारे तालिम दिएकी थिइन्।
 

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  ११:४०
प्रतिक्रिया दिनुहोस्