इटहरी सरकारलाई माननीयको ‘भक्का’ सन्देश 

शनिबार, पुस २८, २०८०

इटहरी– कोशी प्रदेश सभाकी सदस्य मिना श्रेष्ठलाई भक्का औधी मनपर्छ। विशेषगरी जाडो महिनामा तराईमा खाजाका रुपमा खाइने भक्काप्रेमी हुन् उनी। 

शनिबार बिहान उनी टहल्दा भक्का पकाइरहेकी एक महिलाकहाँ पुगेर यसको स्वाद लिइन्। साथमा लेख्छिन्,‘भुई मान्छे, भुई ब्यवसायीहरु माथि अत्याचार अन्याय नगरौं है इटहरी सरकार। मात्रै दुई घन्टालाई ब्यापार गर्न बसेका हुन्छन्, किन खोस्छौ? हँ! उनीहरुको गास र सास?

राजवंशी समुदायले खाजाको रूपमा चामलको पिठोबाट तयार पार्ने भक्का घरको चुलामा मात्रै सीमित नरहेर आम्दानीको माध्यम समेत बन्दै गएको छ। 

बिहान कलेजका विद्यार्थीका साथै मर्निङ वाकका लागि निस्किनेहरू भक्का खाने गर्छन्। बिहान व्यापार गर्ने महिलाले प्रतिगोटा १० रुपैयाँले बेच्दा दैनिक १५ सय देखि दुई हजार रूपैयाँसम्मको व्यापार गर्छन्।
 

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  ०९:३४
प्रतिक्रिया दिनुहोस्