नेभिगेशन
समाचार
नेपाल रेडक्रस

नेपाल रेडक्रसले विधान संशोधन गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले संघीय संरचना अनुसार संस्थालाई अघि बढाउन विधान संशोधन गर्ने भएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रेडक्रस सोसाइटीले संस्थाको सांगठनिक तहमा पालिका तहलाई पनि समेटने उद्देश्यका साथ विधान संशोधन गर्न लागिएको जनाएको हो । 

रेडक्रस सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले नयाँ निर्वाचन कमिटिले देशको संरचनात्मक व्यवस्था अनुरुप अघि बढ्न खोजिएको जानकारी दिए । दुई बर्षे कार्यकाल विधानमा व्यवस्था नभएकाले त्यसलाई  पनि संशोधन गरिने उनले बताए ।

अध्यक्ष नेपालले रेडक्रसको कानुन निर्माण गर्ने प्रमुख दायित्व सरकारको भएको बताउँदै सो कानुन बनाउनका लागि नेपाल रेडक्रसले सरकारलाई सहयोग र सहजीकरण गरिरहेको जिकिर गरे । दुई वर्षे प्राथमिकताका विषयहरू निर्धारण गरी अघि बढिरहेको सन्दर्भमा पहिलो प्राथमिकताको रूपमा रहेको संस्था दर्ता नवीकरण गर्न सफल भएको उहाले बताउनुभयो । उहाले अव रेडक्रशभित्रको कुनै विवादको औचित्य नरहेको धारणा राखे ।

रेडक्रसले  बझाङ जिल्लाको चैनपुरलाई केन्द्रविन्दु बनाई गएको भूकम्पबाट प्रभावित ५ हजार परिवारलाई राहत वितरण, २ सय ५० परिवारको लागि अस्थायी आवास निर्माणमा सहयोग र ६ सय परिवारलाई बहुउद्देश्यीय नगद सहायता प्रदान गरिएको जनाएको छ । 

त्यस्तै जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाई गएको भूकम्प प्रतिकार्यस्वरूप ५ हजार परिवारलाई राहत वितरण, ६०० परिवारलाई अस्थायी आवास निर्माणका लागि नगद सहयोग, ४ हजार परिवारलाई बहुउद्देश्यीय नगद सहायता प्रदान गरिएको जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार