६० किलो सुन तस्करी प्रकरण

यी हुन् गृहमन्त्री श्रेष्ठलाई रास्वपा सभापतिले नाम दिएका सुन तस्कर, फेरि किन भयो चर्चा?

सोमबार, पुस १६, २०८०

काठमाडौंराजश्व अनुसन्धान विभागले विमानस्थलबाहिर जफत गरेको ६० किलो सुन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अभियुक्त भनेर दिएको दुई जना मध्य एक जनाको नाम सार्वजनिक भएको छ।

एक जनाको संलग्नता छानबिनका क्रममा नखुलेको बताएका गृहमन्त्री श्रेष्ठले अर्का व्यक्तिको नाम खुलासा गरेका हुन्। लामिछानेले दिएको अर्का व्यक्तिको नाम होजीवन चलाउने।

राज्य व्यवस्था समितिको सोमबारको बैठकमा गृहमन्त्री श्रेष्ठले उक्त नामको खुलासा गरेका हुन्।

लामिछानेले पटकपटक अभियुक्त उम्काएको भनी आरोप लगाएको विषयको खण्डन गर्दै श्रेष्ठले भने,‘६० किलो सुन काण्डमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीलाई) छानबिन गर्न ल्याइयो त्यो किन ल्याइयो भन्दा आफ्नो प्रहरी परिचालन गरेर आफ्नो नजिकका मान्छेलाई छुट दिन सकिन्छ  दोषीलाई उम्काउन सकिन्छ भन्ने आशयलले होइन।

श्रेष्ठले अगाडि भने,‘सीआईबीलाई दिनुपर्छ भन्ने रास्वपा सभापति लामिछाने पनि एक जना हो। सबै पार्टीले माग गरेपछि प्रधानमन्त्रीको लेबलमा बसेर सामूहिक निर्णय गरेर सारेका हौं। मैले प्रमाण दिएको व्यक्तिलाई उम्काइयो भन्नुभयो चुनौती दिन्छु उहाँले दुईजना व्यक्तिको कुराकानी गर्नुभएको छ। प्रहरीले चलाउनेलाई खोजिरहेको पनि श्रेष्ठले बताएका छन्।

आखिर को हुन् जीवन चलाउने?

राजनीतिक दलका नेताहरूसँग सम्बन्ध देखिएका जीवन चलाउने सुन तस्करी प्रकरणमा प्रकाउ परेपछि बोलाएको बेला सीआईबीमा उपस्थित हुने कागज गरेर निस्केका थिए, तर उनी फर्केर आएनन् भने सीआईबीले पनि भेट्टाउन सकेको छैन।र

दावा छिरिङसँग सम्बन्ध देखिएका करीब १०० जनासँग सोधपुछका क्रममा चलाउने पनि रहेका थिए। सोधपुछका क्रममा जीवनको मोबाइल फोनको डिजिटल फरेन्सिक ल्याब (डीएफएल)मा परीक्षण पनि भयो। तर, केही भेटिएन। बोलाएको बेला उपस्थित हुने शर्त सहितको कागज गराएर सीआईबीले छोडिदियो।

केही दिनपछि दावा छिरिङसँग जीवनको सुन कारोबार सम्बन्धी कुराकानी भएको संवाद भेटियो। अनुसन्धानमा संलग्न प्रहरीका अनुसार जीवनलेआफूसँग सुनको कारोबार गर्न एक जना भारतीय पार्टनर रहेको मासिक ५०६० किलोग्राम सुन खपत गर्न सकिने आशयको सन्देश पठाएका थिए।

सीआईबीले अनुसन्धान प्रतिवेदनमा जीवनलाई प्रतिवादी बनाएको थियो। उनको सम्पर्क पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन, पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा, पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापासँग पनि देखिएको छ।

प्रहरी अभिलेखमा जीवन नवधनाढ्य उल्लेख गरिएको छ। बर्दियाका जीवन २०७० सालअघिसम्म प्रहरीलाई गुन्डागर्दी सम्बन्धी सुराक दिने गर्थे। पछिल्लो समय भने उनी चामलको कारोबारमा लागेका थिए जुन देखाउने व्यवसाय मात्र रहेको प्रहरीको भनाइ छ।

लायन्स क्लब अफ काठमान्डु गुणकेशरी वाइट को उनी सभापति हुन्।

सुन तस्करी प्रकरणका नाइके तहका दाओजिन वाङसँग समेत जीवनको प्रत्यक्ष चिनजान रहेको बताइन्छ। सुन प्रकरणको छानबिन उच्च स्तरीय समितिले गरिरहेको छ।

चलाउनेको संलग्नताको विषय पनि आउला, सीआईबीले एक चरणमा सकेको अनुसन्धान प्रतिवेदनसहित उच्च स्तरीय छानबिन समितिले गरिरहेको , उच्च स्रोतले भन्यो,‘चलाउनेको संलग्नताबारे पनि केही विषय आउन सक्छ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १४:१२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार