बालकुमारी घटनामा टिप्पणी

आईजी कुँवरको बोल्ड अनि यथार्थ जवाफको अर्थ, प्रकाश ज्वाला राजीनामा देऊ!

सोमबार, पुस १६, २०८०

काठमाडौंनेपाल प्रहरी महानिरिक्षक (आईजी) बसन्त कुँवरले राज्य व्यवस्था समितिको बैठकमा बालकुमारी प्रकरणमा जवाफ दिँदै भनेका छन्मन्त्रीजी त्यो बाटो नजानु भएको स्थितिमा दुई जनाको ज्यान जानेगरीको घटना हुने थिएन।

आईजी कुँवरको यो जवाफ प्रहरी संगठनको बचाऊको दृष्टिकोणमा मात्र आएको होइन, फिल्डको यथार्थताका हिसाबमा आएको हो। भलै, संगठन प्रमुख भएका कारण नेपाल प्रहरीका कर्मचारीको मनोबल गिर्न नदिनू उनको कर्तव्य धर्म हो।

तर यहिँ चुकेका छन्, गृहमन्त्रालयसमेतको जिम्मेवारी पाएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ। उनी प्रहरी संगठनको बाध्यता नबुझी गठबन्धन राजनीति गरिरहेका छन्। उनको तुलनामा गृह मन्त्रालयको जिम्मेबारी रामबहादुर थापा बादलले अधिक राम्रो सम्हालेका हुन्, सुरक्षा निकायको नजरमा।

आईजी कुँवरको बोल्ड अनि यथार्थ जवाफको अर्थ होसत्ता शक्तिको हठमा मन्त्रीले सुरक्षा सतर्कतालाई बेवास्ता गर्दा बालकुमारी घटना भयो। , यहि नै सत्य पनि हो।

एक जना या दुई जना होइन एउटा भिडलाई नै तितरवितर पार्न, सम्हाल्न त्यसको आक्रमण सहन कति गाह्रो हुन्छ, सिंहदरबारभित्रका मन्त्रालयका चिसो तातो कोठामा बसेका मन्त्रीलाई थाहा हुँदैन। अझ, आक्रोशित आक्रामक भिँडको विषय अलग छ।

यस प्रकरणमा ललितपुर प्रहरी प्रमुख रहेका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) शिद्धिविक्रम शाह, प्रमुख जिल्ला अधिकारी फिल्ड अफिसरका रुपमा खटिएका प्रहरी नायव उपरिक्षक (डीएसपी) उमेश लम्साललाई खलनायक बनाउने राजनीतिक प्रयत्न भएको छ।

वास्तबमा, यीनिहरू ति खलनायक बनाइएकाभित्रका ति नायक हुन् जसले फोहोरी राजनीतिका कुत्सित मानसिकता बोकेका यातायातमन्त्री प्रकाश ज्वालाको ज्यान जोगाए। 

राजनीति गर्नेहरूको काम नीतिगत तहमा बस्दा आदेश दिने, मनोपोली गर्ने आफू फस्ने अवस्थामा फिल्डमा खटिएका सीमित संख्याको नेतृत्व गरिरहेका प्रहरी अधिकारीलाई दोष दिने, कारबाही गर्ने मात्र हुन्छ। तर, यथार्थ त्यस्तो हुँदैन। यथार्थ जसले जोगाउनुपर्ने, सम्हाल्नुपर्ने आदेश पाएको हुन्छ त्यसलाई मात्र थाहा हुन्छ। हेक्का होस् यो हुनसेन राज्य होइन।

हजारभन्दा बढीको हूल नियन्त्रणका लागि गृह मन्त्रालयले जम्मा २८० जना सुरक्षाकर्मी खटाउँछ। अनि, खतराको संकेत हुँदाहुँदै सत्ताधारी दलका यातायातमन्त्री प्रकाश ज्वाला त्यहि बाटो जान्छन्। आक्रोशको आँखा हुँदैन, गाडी मात्र जलेछ धन्न ज्वाला नामधारीलाई प्रहरीले जोगाएछन्। ख्याल ठट्टा होइन, ज्वालालाई जोगाउने आदेशका कारण ति अबोध आक्रोशमा लतपतिएका सुजन रावत वीरेन्द्र शाह मारिएका हुन्, हेक्का होस् गोलीको आँखा हुँदैन। यसको जिम्मा मन्त्री ज्वाला, तिनका नेता माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिनुपर्छ। कुनै अधिकारीलाई भुंग्रोमा पार्न पाइँदैन।

जोखिम रहेको जानकारी दिने प्रहरीको के दोष हुन्छ र? सत्ता शक्तिको आडमा नाईँ त्यहि बाटो जान्छु भन्ने मन्त्रीको दोष हुन्छ। पहिचानवादीका नाममा केपी शर्मा ओली कोशी मुख्यमन्त्री केदार कार्कीमाथि हमला हुँदा कुनै अधिकारी नतान्ने माओवादी नेतृत्वको सरकार यो हत्याको दोषी हो, नैतिकता लाज सरम थोरै मात्र पनि भए प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुपर्ने हो। यो आप करे तो रासलिला और करे तो क्यारेक्टर ढिला भन्ने तहको काम भयोप्रकाश ज्वाला गल्ती स्वीकार गर्दै राजीनामा देऊ।

प्रहरी संगठनका अनेक कमजोरी हुन सक्लान् तर बालकुमारी प्रकरणमा राजनीतिक दम्भले भिडलाई थिच्न खोज्दा घटना भएको थियो, अर्को हेक्का हुनुपर्छआक्रोशित भिँडले मन्त्रीको गाडी भनेर चिन्दैन। अतः निलम्बन गरिएका प्रहरीसहितका अधिकारीको फुकुवा हुनुपर्छ। यसको जिम्मेवारी सरकारले लिनुपर्छ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १२:३०
प्रतिक्रिया दिनुहोस्