प्रचण्डसँग असन्तुष्ट देखिए कांग्रेस नेता, गठबन्धनकी पुलेसो आरजु किन रिसाइन्?

आइतबार, पुस १५, २०८०

काठमाडौंबालकुमारीमा सरकारले लिएको कदमका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सत्ता गठबन्धनको मुख्य ठूलो घटक नेपाली कांग्रेसका नेता आक्रोशित बनेका छन्।

केन्द्रीय समितिको बैठकमा नेताहरूले सरकारको बदनामी हुँदा कांग्रेसलाई घाटा भएको भन्दै प्रचण्डलाई मनोमानी गर्ने अधिकार दिन नहुने बताएका थिए। ईपीएस परिक्षा प्रकरणमा भएको आन्दोलनका क्रममा सुजन रावत वीरेन्द्र शाहको हत्याको जिम्मेवारी सरकारमा रहेको कांग्रेसले भन्दा प्रधानमन्त्री प्रचण्डले लिनुपर्ने नेताहरूले बताएका थिए।

जनता मार्ने सरकारमा कांग्रेसको भूमिकाको विषय पक्कै पनि आउँछ, माओवादीको मनपरीलाई हामीले कहिलेसम्म बोक्ने, नेता चन्द्र भण्डारीले प्रश्न गरे,‘हामी विकल्पमा जाने कि नजाने भन्ने विषय गठबन्धन गर्नेहरूले बुझ्न आवश्यक छ।

त्यसो सत्ता गठबन्धनको पुलेसो मानिएकी कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी तथा केन्द्रीय सदस्य आरजु राणा पनि असन्तुष्ट देखिएकी थिइन्। उनले सरकारबारे टिप्पणी गर्दै भनिन्,‘सरकारले राम्रो काम गरेको छैन। यसरी नागरिक हत्याको विषय कुनै दुर्घटना भनेर मात्र उम्कन मिल्दैन, जे भयो गलत भएको छ।

नेपाली कांग्रेसका मुख्य नेताबीच देखिएको विमतिका विषयमा पनि आरजुको चिन्ता थियो। महत्वपूर्ण जिम्मेवारी महत्व रहेका शीर्ष तहका नेतामा समूहका नाममा विभाजन हुनु नराम्रो रहेको उनको सुझाव थियो। आरजुले भनिन्,‘राष्ट्रिय सभामा महत्वपूर्ण नेता जानुपर्छ। यसमा सहमति बन्नुपर्छ। फरकफरक कार्यक्रम गरेर एकअर्काबीच वैमनश्यता देखाउनु राम्रो होइन।

केन्द्रीय समितिको बैठक सरकारको रवैयाको विषयमा अन्य नेताले पनि आलोचना गरेका थिए। एक केन्द्रीय सदस्य भन्छन्,‘सरकारमा कांग्रेस कि छैन भन्ने चिन्ता जाहेर भयो। यदि हामी सरकारको अपनत्व लिन्छौं भने प्रधानमन्त्री प्रचण्डको मनोपोली मात्र मान्नुपर्छ भन्ने छैन भन्ने विषय उठेको छ।

कतिपय नेताले भने सरकार यहि गतिमा चले यसको विकल्प पनि सोच्नुपर्ने बताएका छन्। यसअघि एउटा कार्यक्रममा कांग्रेस इतर समूहका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनी सरकारको नेतृत्व गर्न भनेका थिए। यस विषयमा परामर्श चलिरहेको पनि उनले बताएका थिए।

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १०:१४
प्रतिक्रिया दिनुहोस्