बालुवाटारमा विदेशी षडयन्त्रको चर्चा, भारतसँग तर्सिए प्रधानमन्त्री प्रचण्ड

बिहीबार, पुस १२, २०८०

काठमाडौंदेशमा भइरहेका विभिन्न आन्दोलनसहित खासगरी हिन्दूवादीको सक्रियतालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा विदेशी षडयन्त्र भइरहेको चर्चा गरेका छन्।

समाजवादी मोर्चाको बैठकमा उनले परिवर्तन उल्ट्याउनका लागि विभिन्न समुदायको आन्दोलनतिर इङ्गीत गर्दै संघीयता, जातीय पहिचान धार्मिक अधिकार खोस्ने षडयन्त्र भइरहेको बताएका थिए।

समाजवादी मोर्चामा रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालपछि बोल्ने क्रममा प्रचण्डले यसो भन्नु भारततिर इशारा गरेको बुझिएको छ। नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव खड्गप्रसाद विश्वकर्मा प्रकाण्डलाई पक्राउ पूर्जी जारी भएको सन्दर्भका क्रममा आश्वस्त पार्नका निम्ति प्रचण्डले यसो भनेको हुनसक्ने अनुमान गरिन्छ।

प्रधानमन्त्रीले जातीय धार्मिक असन्तुष्टिलाई लिएर संविधानका महत्वपूर्ण विशेषताहरूलाई पनि निसाना बनाउन खोजिएको बताएको प्रकाण्डले जानकारी दिए।

देशका विभिन्न स्थानमा विभिन्न खालका असन्तुष्टि आन्दोलनहरू देखिँदा प्रमुख दलहरूले केही महिनाअघि संयुक्त रूपमा मिलेर उपलब्धिको रक्षा गर्ने साझा धारणा सार्वजनिक गरेका थिए।

पछिल्ला दिनहरूमा सत्तापक्षकै केही नेताहरूले प्रदेश संरचना धर्मनिरपेक्षताको विपक्षमै खुलेर धारणा राख्न थालेको पाइन्छ। खासगरी सत्तामा रहेको ठूलो दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री शंकर भण्डारीले हिन्दूत्वको पक्षमा वकालत गर्दै धर्म सापेक्ष नभए संविधान खारेज हुने बताएका थिए।

त्यसो पछिल्ला दिनमा कांग्रेस सभापति शेरबहादुर देउवा पनि हिन्दूत्वको पक्षमा रहेको जस्तोगरी विभिन्न फोरममा बोलिरहेका कारण पनि प्रचण्ड संशयमा छन्। प्रदेश खारेजीको विषय व्यापक रुपमा उठिरहेको छ।

हिन्दू राज्य पुनःस्थापनाको पक्षमा उठेका आन्दोलनमा भारतीय संस्थापनको सहयोग रहेको संकेत पनि गरिएको थियो।खुलेर नभने पनि प्रधानमन्त्रीको संकेत त्यतातिर रहेको थियो। अहिले यी आन्दोलन किन भइरहेका छन् भन्ने प्रस्ट , उच्च स्रोतले भन्यो,‘अनि यसमा कसले सहयोग गरिरहेका कारण अझ प्रभावकारी बनिरहेको भन्ने पनि स्पष्ट नै छ।

त्यसो पश्चिमाको चलखेलका कारण क्रिश्चियन धर्मको पनि वकालत भइरहेको सरकार यसमा गम्भिर नबनेको आरोप लाग्दै आएको छ। अर्कातिर पहिचानवादी आन्दोलनका नाममा भएका विभिन्न प्रदर्शनलाई पनि विदेशी सहयोग रहेको भनी चर्चा हुँदै आएको छ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १०:०२
प्रतिक्रिया दिनुहोस्