आजको मौसम कस्तो रहला ?

सोमबार, पुस ९, २०८०

 काठमाडौँ - हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

बिहानको समयमा देशका पूर्वी तराई  र पश्चिम तराईका एक-दुई स्थानमा लागेको  हुस्सु मध्यान्न सम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको र सोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेको छ । 

राति कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ।

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  ०६:४२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार