आजको मौसम कस्तो रहला ?

शुक्रबार, पुस ६, २०८०

काठमाडौँ - हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।   

आज दिउँसो  देशभर आंशिक बदली रहनेछ। राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।  

शनिबार भने सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

  

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  ०६:३६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार