हामी नेपाली ग्लोबल दुबईद्वारा गायिका पुर्णिमा लामा सम्मानित 

बुधबार, पुस ४, २०८०

दुबई– कलिलो उमेरमै नेपाली गीत–संगीत क्षेत्रमा चर्चा बटुल्न सफल गायिका पुर्णिमा लामालाई हामी नेपाली ग्लोबल दुबईले सम्मान गरेको छ ।

गायिका लामाले नेपाली गीत–संगीत क्षेत्रमा पुयाएको महत्त्वपूर्ण योगदानको उच्च मुल्याङकन गर्दै हामी नेपाली ग्लोबल दुबईले सम्मान गरेको हो । 

सम्मान समारोहमा हामी नेपाली ग्लोबल दुबईका अध्यक्ष दिल लामाले गायिका लामालाई सम्मान गरेका थिए । उक्त समारोहमा हामी नेपाली ग्लोबल दुबईका उपाध्यक्ष शंकर श्रेष्ठ, अबुधाबी च्याप्टरका अध्यक्ष रोशन श्रेष्ठ, माहासचिव सन्ध्या सुस्केरा मोक्तान, कोषअध्यक्ष राजेस श्रेष्ठ, सदस्य ओमर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । 

‘मुटु जलि खरानी भो’, ‘फुल भनौ जिन्दगीलाई’जस्ता दर्जनौ चर्चित गीत गाएकी लामाले हालैसालै ‘धेरै माया नगर्नु यहाँ कसैलाई’ गीत सार्बजनिक गरेकी छन् । गायिका लामा सांगीतिक कार्यक्रमको लागि हङकङ, कोरिया, कतार, मलेसिया हुँदै कार्यक्रमकै शिलसिलामा दुबई पुगेकी छन् । 

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १८:४३
प्रतिक्रिया दिनुहोस्